करेन्ट प्रवाह भइरहेको विजुलीको तार खसेर लाग्दा धनुषामा बाबु–छोराको ज्यान गएको छ ।
कमला नगरपालिका–१, मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उहाँका २२ वर्षीय छोरा धमेन्द्र मण्डलको शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाका अनुसार बुबा छोरा खेतमा काम गर्न गएको बेला खसेको बिजुलीको तारमा करेन्ट लागेर दुवै जनाको ज्यान गएको हो ।
करेन्ट लागेर सिकिस्त भएका दुवै जनाको उपचारका क्रममा जनकपुरमा गएको प्रहरीले जनाएको छ । बुबा–छोराको शवलाई पोस्टमर्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






