चन्द्रवतीले ल्याइन् एकैसाथ ३ तीजगीत (गीतका भिडियोसहित)

गायिका चन्द्रवती वाग्लेले यसपालि ३ वटा तीजगीत बजारमा ल्याएकी छन् । ३ वटै गीत शुक्रबार आयोजित कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जेदवी गुरुङले सार्वजनिक गरिन् ।

वाग्लेका नरोए आमा नहेरे बाटो, गरिनँ कल्यिै कसैसँग गुनासो, जागिरे महिलाको बिलौना बोलका गीत सार्वजनिक भएका हुन् । न्यूरोड महिला उत्थान मञ्चले आयोजना गरेको कार्यक्रममा उपमेयर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, कस्केली अधिकृत समाज अध्यक्ष दुर्गाबहादुर शाह बाबा, वसन्त चालिसे, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले बोलेका थिए ।

सार्वजनिक गरिएका ३ गीतको साहित्यकार लक्ष्मी थापाले समीक्षा गरेकी थिइन् । कार्यक्रम सञ्चालन गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुले गरेकी थिइन् ।

सबै गीतका शब्द संकलन र स्वर चन्द्रावतीकै छ भने व्यवस्थापन वसन्त चालिसेले गरेका छन् । गीतको एरेन्ज साहिल गायक र निर्देशन बालकाशी गुरुङको छ । सबै गीत स्ट्रिम नेपालले युट्युब च्यानलमा राखेको छ ।

गायिका वाग्लेले आफैंले भोगेका र देखेका जीवनका अनुभवलाई गीतमा अभिव्यक्त गरेको बताइन् । गत साल उनले आइन छोरी बोलको गीत निकालेकी थिइन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।