हेपाटाइटिस डेमा सित्तैमा जाँच र सचेतना

२८ जुलाइ अर्थात् साउन १२ गते विश्व हेपाटाइटिस डे मनाइँदै छ । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) मा शनिबार र आइतबार हेपाटाइटिसको जाँच सित्तैमा गरिने भएको छ ।

कलेजो र हेपाटाइटिसको बारेमा सचेतना कार्यक्रम, रगत जाँच पनि गरिनेछ । पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराई समयमै उपचार गरे हेपाटाइटिस पूर्ण रुपमा निको हुने बताउँछन् । उनले भने, ‘हेपाटाइटिसले कलेजो खराब गर्छ, कलेजोको क्यान्सर पनि गर्न सक्छ ।’

उनले हेपाटाइटिसका बिरामीमा कुनै लक्षण नदेखिन पनि सक्ने बताए । रोग लागेको १०÷२० वर्षपछि रोग छिप्पिदै गएपछि मात्र लक्षण देखिन सक्छ । डा भट्टराईले भने, ‘हेपाटाइटिस र कलेजो रोगका सबै उपचार पोखरामा सम्भव छ । कार्यक्रममा उपस्थित भएर लाभ लिन म सबैसँग आग्रह गर्दछु ।’