४ दिनपछि डेभिजफल्स र फुस्रोखोलाको दोभानबाट उद्धार

पोखरा १७ छोरेपाटनका अन्जान कुमार आइतबार माछा मार्न गएकोमा घर फर्केनन्, उनी डेभिजफल र फुस्रोखोलाको दोभानमा सोल्सामा खसे । उनी बाहिर निस्कन सकेनन् ।

१६ वर्षीय सुनारलाई प्रहरीको रेस्क्यु टोलीले बिहीबार उद्धार गरेको छ । शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट कमान्डको टोलीले अन्जानको उद्धार गरी उपचारका लागि गण्डकी अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।