श्रीमतीले दाउले हान्दा श्रीमानको मत्यु

आजीवन साथ दिने र दुखसुख साटासाट गर्ने कसम खाएकी श्रीमतीकै दाउ प्रहारबाट श्रीमानको मृत्यु भएको छ । पोखरा १६ गोस्टेको शिवालय ठाँटी समाज घरमा बस्ने ५० वर्षका सुकराम परियारको श्रीमती सीताको दाउ प्रहारबाट मृत्यु भएको हो ।

बुधबार श्रीमान् श्रीमती झगडा हुँदा सीताले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका सुकरामलाई उपचारका लागि मातृशिशु अस्पताल लगिएको थियो । उपचारपछि घर लगिएका सुकरामको बिहीबार मृत्यु भएको हो । कास्की प्रहरीले सीतालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।