म परीक्षामा गाड बसेको थिएँ । विद्यार्थीले गाइड झिकेर लेख्न थाल्यो। मैले गाइड खोसेँ। सिपालु विद्यार्थी परीक्षा मर्यादित हुने भो भनी खुशी भए ।
प्रिन्सिपल आएर भने -‘ गाइड सार्न दिनुहोस् सर! सरकार विषादी जाँच्न नसकेर भाग्यो । यस्तो मुलुकमा जानेर के हुन्छ र नजानेर के हुन्छ? सरकार नै विषादीयुक्त तरकारी खाने हाम्रो गौरवशाली परम्परा हो भन्छ भने चिट चोरेर के हुन्छ?’
प्रिन्सिपल सरको कुरा ठीकै लाग्यो । नेपालमा भाग्य चम्किलो हुने यस्तैको हो । मैले गाइड लगेर विद्यार्थीलाई दिएँ र भोलिका मन्त्री मातृकाहरू भएको क्षमता त्यही विद्यार्थीमा देखेँ ।




