ओडारमा भेटियो १६ किलो सुन

गोरखामा लुकाई राखेको अवस्थामा १६ किलो सुन फेला पारिएको छ । ओडारमा लुकाई राखेको अवस्थामा १६ किलो सुन बरामद गरिएको हो । बिहिबार बिहानै मनास्लु पदमार्ग नजिकै ओडारभित्र भेटिएको हो । धार्चे गाँउपालिका खोर्लाबेसीमा सुन भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त सुन चुमनुब्री गाँउपालिकाका धनकमल गुरुङले लुकाएको प्रहरीको भनाई छ । बुधबार नै प्रक्राउ परेका गुरुङले ओडारमा सुन लुकाईराखेको बताएपछि प्रहरीले सोही स्थानबाट १६ किलो सुन बरामद गरेको हो ।

गुरुङले २७ दिन अघि तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि ओडारमा सुन लुकाएको प्रहरीको प्रारम्भिक अनुस्धानबाट खुलेको छ ।