सार्वजनिक मुद्दा मिलाइदिन्छु भनी घुस लिने २ प्रहरी पक्राउ

महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुससहित पक्राउ परेका छन् ।

सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम लिइरहेका उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई सेवाग्राहीसँग १८ हजार घुस लिँदालिँदै काठमाडौं महानगरपालिका ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा।लि। र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।