धौलागिरि अञ्चल अस्पतालमा स्तनपान कक्ष, थाइराइड जाँच पनि सुरु

धौलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपान कक्ष स्थापना गरेको छ । अस्पतालमा थाइराइड जाँच पनि सुरु भएको ।

आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो । थाइराईड सेवाका लागि काठमाण्डौ पोखरा जानुपर्ने बाध्यता रहेकोमा अञ्चल अस्पतालमानै जाँच्न थालिएको छ । सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले स्तनपान कक्ष तयार गरिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। शैलेन्द्र बि पोखरेलले बताए ।

अस्पतालले ३० लाख खर्चेर थाईराइड परिक्षणका लागि उपकरण खरिद गरेको छ । दुवै सेवा गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले उद्घाटन गरे । सांसद सापकोटाले थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि अस्पताललाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए । पछिल्लो समय धौलागिरि अञ्चल अस्पताललाई सुविधा सम्पन्न, बिश्वासिलो र भरपर्दो अस्पतालको विकास गर्न अस्पतालको नया“ व्यवस्थापन समितिले धेरै सुधार प्रयास गरिरहेको छ ।

अस्पतालमा हालै मात्र नवनिर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आएसंगै सेवा प्रभाहमा सहजता आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । ‘स्तनपान गराउने कक्ष नहुँदा अस्पतालमा आउने सुत्केरी आमाहरुलाई निकै असहज भएको थियो,’ मगरले भने, ‘गोप्य स्तनपान कक्ष स्थापनाले आमा तथा शिशु दुवैलाई सहज हुनेछ ।’

अस्पतालको टिकेट काउण्टर नजिकै स्थापना गरिएको स्तनपान कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको छ । अस्पताललाई नया“ व्यवस्थापनमा सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि अस्पतालमा बिभिन्न कक्ष स्थापना गर्ने सन्र्दभमा स्तनपान कक्ष निर्माण गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

‘हामी नया“ व्यवस्थापनमा अस्पताल सञ्चालन गरिरहेका छौं शर्माले भने ।
यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहु“दा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि सुरक्षित ठाउ“को अभावमा बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । स्तनपान कक्षमा एकै पटक दश आमा बसेर स्तनपान तथा आरा मगर्न सक्नेछन् ।

वि।स।२०६७ सालमा बागलुङ जिल्ला अस्पताललाई स्तरउन्नती गरी अञ्चल अस्पातल बनाइएपनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको विरामीले गुनासो बढेसंगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ डाक्टरहरुको समेत आगमन भएको छ । १६ विशेषज्ञसहीत २३ जना डाक्टरको दरवन्दी भएको अञ्चल अस्पतालमा हाल ९ जना विशेषज्ञ र १७ जना मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सुचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पनि बोलेका थिए ।