न्यू ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा महानगरपालिका वडा नं. ३, नदीपुरस्थित न्यू ग्यालेक्सी (उच्च) माविले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान संकायमा अध्ययनरत सिसम श्रेष्ठले स्वागत गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीमाया कायस्थ, विद्यालयका डाइरेक्टर राजु कायस्थ, सहायक प्राचार्य राजेश भण्डारी, विज्ञान संकायका संयोजक दीपक अधिकारी, डिसिप्लिन तथा खेलकुद इन्चार्ज क्याप्टेन वीरबहादुर गुरुङ, एकेडेमिक डीन भरत भण्डारी लगायतल नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।

उक्त अवसरमा विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले विद्यालयको नीति नियम बारे नवआगन्तुक विद्यार्थीलाई जानकारी गराएका थिए ।

उनले विद्यार्थी आफ्नो लक्ष्यतर्फ अघि बढ्ने, सफलता असफलता, जीवनमा कसरी सफलता हात पार्ने तरिका लगायतका उत्प्रेरणात्मक अभिमुखीकरण गरी नवआगन्तुक विद्यार्थीमा नयाँ जोस जाँगर र उत्प्रेरणा प्रदान गरेका थिए ।

विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थले पहिलेको शिक्षा र अहिलेको शिक्षामा देखिएका परिवर्तन बारे चर्चा गर्दै सफलताका लागि विद्यार्थीहरूमा हुनुपर्ने गुणहरूको बारेमा मार्गनिर्देश गेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनले विगत र वर्तमान पोखराको शैक्षिक तथा भौतिक विकासको बारेमा चर्चा गर्दै आजको शिक्षामा इमानदारिता, नैतिकता र सेवाको भावना हुनुपर्ने खाँचो औंल्याएकी थिइन् ।

उक्त अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका न्यू ग्यालेक्सीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी, मिस एसइई गण्डकी, मिस एसइइ क्वीन, मिस एसइइ पोखरा, मिस एसइई रोयल पोखरा विजेता, एसइईमा गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याई यस विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी खेलकुदतर्फ तेक्वान्दो, कराँते र म्याराथनमा उत्कृष्टता हासिल गरेका कक्षा ११ मा भर्ना भएका खेलाडी लगायत कान्तिपुर टेलिभिजनद्वारा आयोजित स्पेल बि कन्टेस्ट नेपालकी विजेता, कक्षा १२ विज्ञान संकायमा अध्ययनरत सिसम श्रेष्ठलाई पनि विद्यालयले गर्यो ।

कार्यक्रममा कक्षा १२ विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले विभिन्न जातजातिको भेषभूषामा आधारित नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ लगायत कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सुप्रिमा तुलाधर र कक्षा १२ होटल म्यानेजमेन्ट एण्ड टुरिजममा अध्ययनरत सन्तोषी क्षेत्रीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।