पोखरा महानगरपालिका वडा नं. ४ स्थित रामकृष्णटोल मिसाः पुचःको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले भवानी माकाजूलाई अध्यक्षमा भयन गरेको छ । संस्थाको उपाध्यक्षमा मिना लिगल, सचिवमा रेनु लिगल, कोषाध्यक्षमा लिला श्रेष्ठ, सहसचिवमा पार्वती श्रेष्ठ छन् ।

यसैगरी सदस्यमा गीता लिगल, निर्मला जोजिजू, सुशिला लिगल, अनिता लिगल, जलीआना श्रेष्ठ, देवी श्रेष्ठ, सुष्मा गोठाजू, सावित्री श्रेष्ठ रहेका छन् ।
संस्थाको सल्लाहकारमा संस्थापक अध्यक्ष लक्ष्मी प्रजापति, पार्वती माकाजू, मिथिला मल्ल, यादर कुमारी श्रेष्ठ, शरण लिगल लगायत छन् ।
कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी प्रजापतिको अध्यक्षतामा भएको थियो ।




