गार्मेन्ट तथा टिसर्ट उत्पादक कम्पनी नाइस नेपाल प्रा.लि.को तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ ।
नाइस नेपाल सञ्चालक समिकिा अध्यक्ष कमलबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक गोकर्ण लम्सालले संस्थाको प्रगति विवरण र अर्का सञ्चालक रननारायण श्रेष्ठले आर्थिक विवरण प्रस्तुत गरी सभाद्धारा पारित भएको थियो ।
सञ्चालक लम्सालले साथीहरूको सानो सानो पुँजीलाई जम्मा गरेर संस्था स्थापना भएको भन्दै संस्थाको क्षमता विस्तार गरी विदेशी कपडालाई विस्तापित गर्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा संस्थाका अध्यक्ष कमल बहादुर सापकोटाले संस्थालाई थप गतिशिल बनाएर अघि बढाउने प्रतिवद्धता जनाए ।
उनले छोटो समयमै संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
२०७३ सालमा धादिङका ११ जना युवा मिलेर सञ्चालन गरिएको नाइस नेपालमा हाल २२ जना कर्मचारी कार्यरत छन् ।




