छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन्। हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन्। छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए।
उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ। निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन्।
उनले पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि आफैँले खोजी उनी नजिकका व्यक्तिहरुलाई सहयोग मागी उनकै कार्यालयबाट सहयोग मागी कर्मचारीमार्फत शिल्पा र छविको बिहे भएको थाहा पाएपछि उजुरी दिएको बताएकी हुन्।
केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन्। शिल्पाले छविले आफूमाथि हातपात गरेको भन्दै डिभोर्स मागेकी थिइन्। यसैबीच छविकी पूर्वपत्नीले हेमाले बहुविवाहको आरोप लगाउँदै उजुरी दिएकी हुन्। हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए।




