चर्पी बनाउन पनि घुस ! इन्जिनियर पक्राउ

सिराहाको गोलबजार नगरपालिकाका सबइन्जिनियर उमा श्रेष्ठ शौचालय निर्माणको रकम भुक्तानी गरिदिन सहज गर्न घुस लिँदालिँदै पक्राउ परेकी छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले ५० हजार घुस लिँदालिँदै रंगे हात पक्राउ गरेको हो । श्रेष्ठलाई गोलबजार नगरपालिका वडा नं। ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।