सिन्धुको तीज गीतमा आँचल शर्मा छमछमी (भिडियोसहित)

गायिका सिन्धु मल्लले तीजको अवसरमा आफना दर्शक तथा श्रोताहरुका लागि नयाँ गीत सार्वजनिक गरेकीछिन् । पछिल्लो समय तीजको गीतमा मात्रै आफुलाई सिमित गर्दै आएकी सिन्धुको चिटिक्कै भाछु रे बोलको सार्वजनिक गीतमा सुदाम थापाको संगित र राजकुमार बगरको शब्द रहेको छ ।

सार्वजनिक गीतमा लोकप्रिय नायिका आँचल शर्मा फिचर्ड रहेकीछिन् । म्युजिक भिडियोमा निकै डिमाण्ड हुँदै आएकी आँचलले पहिलो पटक तीजको गीतमा काम गरेकी हुन् ।