करोडौं ठगेर फरार व्यापारी साधुको भेषमा पक्राउ परेका छन् । यो फिल्मी कथा होइन, रौतहटका व्यापारीको हथकन्डा हो । साधुको भेषमा भारतको उतराखण्ड स्थित हरिद्धारबाट कटहरिया ५ का व्यापारी श्रीभगवान साह पक्राउ परेका छन् ।
कटहरिया क्षेत्रका व्यापारी, किसान, मजदुर, गृहणी लगायत दर्जनौ मानिससँग करोडौं रकम लिएर फरार श्रीभगवानलाई भारतीय प्रहरीको सहयोगमा केही दिनअघि हरिद्धाराबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ठुलो धनराशी लिएर फरार व्यापारी साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बिहिवार सार्वजनिक गरेको हो ।




