सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीको आयोजनामा भएको रक्तदानमा ९४ युनिट रगत संकलन भएको छ । ३७ औं विपी स्मृति दिवस र ५७ औं इन्जिनियर दिवस २०७६ को अवसरमा शुक्रबार गरिएको हो ।
नेपाली कांग्रेस तनहुँ सभापति एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले पहिलो रक्तदाता सुरेन्द्र पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । न्यौपानले विपीको योगदानको स्मरण गर्दै कांग्रेस विपीको बाटोमा हिड्नुपर्ने बताए ।
जिल्ला उपसभापति जितप्रकाश आलेले वैज्ञानिकले रगतको विकल्पमा अन्य कुनै आविष्कार गर्न नसकेको बताउँदै रक्तदान महादान भएको उल्लेख गरे । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी अध्यक्ष सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ तनहुँ सभापति चूडामणि खनाल, सिडेन सचिव राजीव रिमाल लगायतले बोलेका थिए ।
नेपाल विद्यार्थी संघ तनहुँको सहआयोजना र क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।




