मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ को समरको भीरमा स्क्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको मृत्यु भएको छ।
बिहीबार साँझ अचानक एक्साभेटरले ठक्कर दिदाँ ४८ वर्षीय दलबहादुर अधिकारीको मृत्यु भएको हो। नुवाकोटको टुन्चे गाउँपालिका ९ का दलबहादुरलाई कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले प्रयोग गरेको एक्साभेटेरले ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते अधिकारीको जोमसोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्काभेटरका चालक प्युठान जिल्ला झिमरुक गाउँपालिका २ सल्लेरीका २१ वर्षीय विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




