परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले अङ्गदानको घोषणा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अङ्गदानको घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री दम्पतीले अङ्गदानको घोषणा गरेका हुन् ।

मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अङ्गदान गर्ने घोषणा गरेकी छन् । प्रत्यारोपण केन्द्रमा अङ्गदाताले सहमति जनाएपश्चात मृत्युपछि मुटु, कलेजो, फोक्सो, किड्नी जस्ता अङ्ग अन्यमा प्रत्यारोपण गरी जीवन दिन सकिने व्यवस्था छ ।