दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा रहस्यमयी घटना भएको छ ।
होटलमा एक युवतीसँगै बसेका बाँकेको कोहलपुर निवासी करीब २७ वर्षका रमेश हमाल झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । होटलमा सँगै बसेकी रुकुमको विक थरकी युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । हमाल विवाहित रहेको खुलेको छ ।
पक्राउ परेकी युवतीले झण्डै डेढ महिनाअघि मात्रै मृत्तक हमालविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा जबरजस्ती करणीको मुद्दा समेत हालेको खुलेको छ । युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।




