डिभिजन सडकका इन्जिनियर घुससहित पक्राउ

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र बाइल्ड स्टोङ कल्सल्टेन्सीका सुमित शाहीलाई अख्तियारले घूस लिँदालिँदै पक्राउ गरेको छ ।

सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग १ लाख ७५ हजार लिँदा लिँदै डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै अख्तियार पोखराको टोलीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।