सर्पले डसेपछि झरफुकको भर पर्दा ज्यान गयो

इटहरीमा सर्पले डसेकोलाई अस्पताल नलगी झारफुँक गराउँदा १२ बर्षीय बालककाे मृत्यू भएकाे छ । इटहरी ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेवलाई विहान सवेरै ओछयानमा सुतिरहेकै वेला सर्पले डसेको थियो ।

अविभावकले केहि समय पछि झारझुक गराउन लगेकाेमा तुरुन्त अस्पताल लैजान सल्लाह पश्चात बालकलाई पूर्वी पृतना हेडक्वाटर स्थित सर्पदंश उपचार केन्द्र लगिएकाेमा ढिलो भएकाे कारण अस्पतालमा बालककाे निधन भएकाे थियाे ।