विरौटा साझा चौतारी लायन्सद्धारा मानव सेवा आश्रममा सहयोग

लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले मानव सेवा आश्रममा विभिन्न कार्यक्रम गरेको छ । पोखरा–१७ छोरेपाटनस्थित आश्रममा आश्रितका लागि क्लवले तालिम तथा भोजन कार्यक्रम सम्पन्न गरेको हो ।

क्लवले समाजमा मनोरोगी तथा सडक बालबालिका न्यूनीकरणका लागि तालिम र आश्रममा आश्रितहरुका लागि एक छाक खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक अम्बिका खड्काले जानकारी दिइन् ।

कार्यक्रममा रिजन चेयर पर्सन दुर्गा कुमारी आचार्यले समाजमा सडक बालबालिका र मनोरोगीका लागि आश्रय दिएर आश्रमले समाजका लागि उदाहरणीय काम गरिरहेको बताइन् ।

कार्यक्रममा जोन चेयर पर्सन सीता पहारी, परोपकार नारी समितिका अध्यक्ष रेनु थापा, मानव सेवा आश्रमका अभियन्ता राजन सापकोटा लगायतले मनोरोगी र सडक बालबालिकाका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

कठिन अवस्थामा रहेकालाई आश्रमले सबैको सहयोगमा सेवा गरिरहेको आश्रमकी अभिभावक उषा गोशेलीले बताइन । उनले आश्रमले ८० जना सडक बालबालिका तथा मनोरोगीका लागि आश्रय दिइरहेको जानकारी दिइन् । साथै उनले यसमा सबै क्षेत्रबाट पनि रचनात्मक सहयोगका लागि आग्रह गरिन् ।

कार्यक्रममा अधिवक्ता तथा पत्रकारद्वय सुष्मा पौडेल र सरिता तिमिल्सिना पंगेनीले सहजीकरण गरेका थिए ।

क्लवका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल, धन्यवाद द्वितीय उपाध्यक्ष गीता पराजुली र कार्यक्रमको सञ्चालन सह–सचिव लक्ष्मी बराल आचार्यले गरेकी थिइन् ।