स्कुलमा रक्सी पार्टी , प्रधानाध्यापकसहित ५ प्रक्राउ

बिद्यालय आफैमा एक पवित्र स्थान हो । जहाँ भगवान मानिने शिक्षकहरुले अन्धकारमा रहेका बिद्यार्थीहरुलाई शिक्षाको माध्यमबाट उज्यालोतर्फ लैजाने काम हुन्छ । तर पछिल्लो समय केही व्यक्तिहरुको व्यवहार र गतिविधीको कारण बिद्यालय क्षेत्र समेत बद्नाम हुँदै आएका छन् ।

यसबीच शिक्षाको मुटु मानिएको चितवनमा एक बिद्यालयमा रक्सी सेवन गर्दै रमाईलो गर्ने गतिविधी भएको छ । कुरा हो र्वी चितवनको रत्ननगर नगरपालिका–९, स्थित कपरखोरी माध्यमिक विद्यालयको । जहाँ प्रधानाध्यापकदेखि विद्यालय भवन निर्माण समितिका संयोजक समेत यस्तो गतिविधीमा संलग्न भएका हुन् ।

बिद्यालयको बन्दै गरेको नयाँ भवन भित्र उनीहरुले रक्सी सेवन गर्दै पार्टी गरेका हुन् । घटनापछि प्रहरीले प्रधानाध्यापकसहित संलग्न ५ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा प्रधानाध्यापक बिष्णु कट्टेसह–प्रधानाध्यापक कृष्णबिलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेका छन् ।

बुझिए अनुसार उनीहरुले असार मसान्तको सबै हिसाब फछ्र्यौट गरेपछि रमाईलो गर्दै रक्सीसहितको पार्टी गरेका हुन् । बिद्यालय क्षेत्रबाट साँझपख होहल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि प्रहरी बिद्यालयमा नै पुगेका थिए । उनीहरुलाई प्रहरीले बिद्यालयमा पार्टी गरिरहेको अवस्थामा नै प्रक्राउ गरेको हो । प्रक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रत्ननगरमा जनाईएको छ ।