राष्ट्रिय युवा सञ्जालको केन्द्रीय अध्यक्षमा कास्कीका त्रिपाठी निवार्चित

राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा प्रदेश ४ का विवेक त्रिपाठी निवार्चित भएका छन् ।

सोमबार भएको निवार्चनमा उनी ७ वटै प्रदेशबाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निवार्चित भएका हुन् । उनी कास्कीको कास्कीकोट निवासी हुन् ।

राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी ७ प्रदेशका ८० जना प्रतिनिधिबाट ११ जनाको केन्द्रीय समितीको निवार्चन भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्तर्गत युवा परिषद रहनेछ ।