प्रेमीसँग भागेर बिवाह गरेकी गर्भवती छोरीलाई आफ्नै पिताले मारेको खुलासा भएको छ ।
केही दिनअघि भएको यो हत्याको रहस्य खोज्दै जाँदा ती युवतीले परिवारको अनुमति बिना प्रेमीसँग बिहे गरेकोले उनका पिताले उनको हत्या गरेको पाइएको हो ।
केही दिनअघि मुम्बइको घाटकोपरमा २० वर्षकी ती गर्भवती युवतीको शव भेटिएको थियो । आइतबार उनको शव सडक पेटिमा भेटिएको थियो ।
मृतक मिनाक्षी चौरसिया ४ महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको टाउको र अनुहारमा चक्कुले प्रहार गरेका थिए ।
जसका कारण उनको मृत्यु भयो । मिनाक्षीले गत फेब्रुअरीमा मध्यप्रदेश गएका बेला बृजेश नामका एक युवकसँग अदालतमा बिवाह गरेकी थिइन् ।
पिताले भने मुम्बइकै अर्का युवकसँग उनको बिवाह तय गरेका थिए । यसको लागि पूरा तयारी भइसकेको थियो र कार्डसमेत छापिइसकेको थियो तर छोरीले बिहे गरेको थाहा पाएपछि राजकुमार रिसाएका थिए ।
छोरी भागेको र आफूले तय गरेको बिहे तोडिएपछि राजकुमार लज्जित थिए । तैपनि उनले बिवाह स्वीकार गर्दै छोरीलाई गाउँ नजान भनेका थिए । तर, हालै जब मिनाक्षी गणपति महोत्सवमा गाउँ गएपछि शनिबार साँझ बाबुछोरीमा भनाभन भएको थियो ।
त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेट्न आएकी छोरी पिताको पाउ छुनका लागि झुकेका बेला पिताले आक्रमण गरेका थिए ।





