जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखको जिम्मेवारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले पाएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङमा आयोजित
पत्रकार भेटघाट कार्यक्रममा शान्ति सुरक्षा र नागरिक सुरक्षाललाई मजबुत बनाउने प्रतिवद्धता प्रमुख नवराज भट्टले व्यक्त गरे ।
लागू औषध नै समाजको लागि प्रमुख चुनौती रहेकाले त्यसलाई समाधान गर्न आफु लाग्ने भट्टले
उल्लेख गरे । जनशक्तिको कम भएको कारणले पनि काम गर्न गार्हो हुने तर सबैले सहयोग गरेमा समाजमा हुने विकृति लाई कम गर्न आफु लाग्ने भट्टले बताए । नगरपालिकाभित्र राखिएको सिसि क्यामेरा अहिले बिग्रेकाले चोरीको घटना बढेको र मर्मतका लागि नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघसंग कुराकानी भइरहेको उनले बताए ।
बागलुङको पुरानो रूपा गौतम हत्याकाण्डबारे अब के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले प्रहरीको अनुसन्धान जारी रहने र अभियुक्त पत्ता लगाउन कोसिस गर्ने उल्लेख गरे । बागलुङमा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद शर्मा पोखरेलको बागलुङ जिल्लामा आएको ५ महिना नपुग्दै प्रहरी प्रधान कार्यालयको मानव अधिकार ईकाइमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले शुक्रबार ६ जना प्रहरी उपरीक्षकको सरुवा गरेको थियो ।





