वडाले दियो सुत्केरीलाई मह र घ्यू

गल्याङ नगरपालिका वडा नं. १० ले सुत्केरीलाई लोकल मह र घ्यू उपहार दिएको छ । वडाका सुत्केरीको पोषणका लागि १ लिटर मह र १ लिटर घ्यू प्रदान गरिएको वडाध्यक्ष धु्रवप्रसाद शर्माले बताए ।

२०७५ साउनदेखि असार २० गतेसम्म वडा कार्यालयमा दर्ता भएका सुत्केरीका लागि मातृशिशु पोषण कार्यक्रम अन्तर्गत मह र र घ्यू प्रदान गरिएको हो । वडाध्यक्ष शर्माले आमा र बच्चा स्वस्थ राख्न र मातृशिशु मृत्युदर कम गर्न योजना सञ्चालन गरिएको बताए ।