जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिइ मोहनबाबु यादव १ लाख ८० हजार घुस लिँदालिँदै रंगे हात पक्राउ परेका छन् ।
यादवले षडानन्द नगरपालिका १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिन सेवाग्राहीसँग उक्त रकम लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले पक्राउ गरेको हो । अख्तियारले उनलाई भोजपुर नगरपालिका वार्ड नं। ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।




