पोखरालाई शैक्षिक हव बनाउनुपर्छ : उपमेयर गुरुङ

पोखराको सिद्धार्थ टोल विकास संस्थाले एसइई तथा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्यो । संस्थाले २०५८ सालदेखि निरन्तरण रुपमा यस्तो कार्यक्रम गर्दै आएको छ ।

सम्मानित हुने विद्यार्थीमा एसइई उत्तीर्णतर्फ दिपिशा कोइराला, विलिश ढकाल, प्रेक्षा मुल्मी, सलिना पराजुली, गौरवराज रेग्मी, सुशान्त काफ्ले, शिशिर श्रेष्ठ गोठाजू र प्रशान्त प्रजापति छन् ।

यसैगरी स्नातकोत्तरतर्फ सम्मानित हुनेमा अमिता सुवेदी, अञ्जल सुवेदी, अशिम सुवेदी, सीमा सुवेदी, दिनेश कोइराला, दिपेश कोइराला, मनोरमा श्रेष्ठ, नानु बराल, निशा पैजापति, पुष्प पराजुली, राधिका विष्ट, रजनी केसी, रोशन कोइराला, सरतिा खतिवडा, सुधा श्रेष्ठ, विधान श्रेष्ठ, सुशिला बराल, राजेश्वरी पराजुली र वन्दना श्रेष्ठ छन् ।

उक्त अवसरमा मिस एसइई गण्डकीमा फष्ट रनरअप बन्न सफल दिपिशा कोइरालालाई विशेष सम्मान गरिएको थियो ।

उनीहरूलाई पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष शंकर बाँस्तोला, सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठ लगायतले सम्मान गरे ।

उक्त अवसरमा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई शैक्षिक अव बनाउन प्रयत्न भइरहेको बताइन् । उनले शिक्षाको नाममा ठूलो धनराशि विदेशिएको भन्दै त्यसलाई रोक्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको स्पष्ट पार्दै विदेशका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न पोखरा आउने वातावरण तयार हुनुपर्ने खाँचो औंल्याइन् ।

उनले पोखरा महानगरभित्रका ३३ मध्ये २८ वडामा विद्यालय सुनिश्चितता घोषणा भइसकेको र बाँकी ५ वटा वडामा पछि छिट्टै घोषणा हुने जानकारी दिइन् ।
उपमेयर गुरुङले मेहनत र लगनशील भएर अध्ययन गरी देशको योग्य र दक्ष जनशक्ति बन्न सम्मानित विद्यार्थीलाई आग्रह गरिन् ।

पोखरा ४ का वडाध्यक्ष शंकर बाँस्तोलाले विद्यार्थीहरूलाई लगनशील भएर पढ्न आग्रह गरे । उनले अरुको दवावमा होइन आफ्नो राजीखुशीमा मनपरेको र अध्ययन गर्न सजिलो लाग्ने विषय मात्र अध्ययन गर्न आग्रह गरे ।

कार्यक्रममा वडासदस्य सुवर्णजंग केसी, संस्थाका निवर्तमान अध्यक्ष गोमा कोइराला सुवेदी, सल्लाहकार मंगलप्रसाद माकाजू, विद्यार्थीद्वय अञ्जली सुवेदी र दिपिशा कोइरालाले बोलेका थिए ।

संस्थाकी अध्यक्ष सम्झना माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीमा कोइरालाले स्वागत र सचिव कल्पना गौतमले सञ्चालन गरेकी थिइन् ।