कास्कीकोट युवा सञ्जालमा हेम सुवेदी

पोखरा २४ कास्कीकोटस्थित हाम्रो कास्कीकोट युवा सञ्जालको संयोजकमा हेम सुवेदी चयन भएका छन् । सञ्जालको साधारणसभा तथा अधिवेशनले पोखराका साहित्यकार समेत रहेका सुवेदीलाई संयोजकमा चयन गरेको हो ।

सञ्जालको सहसंयोजकमा रुद्रबहादुर कार्की, प्राविधिक संयोजकमा रुद्रप्रसाद अधिकारी, व्यवस्थापन संयोजकमा शितल गिरी, सहव्यवस्थापन संयोजकमा अर्जुनबहादुर अधिकारी, आर्थिक संयोजकमा कविता विक र सहआर्थिक संयोजकमा नवीन सुवेदी छन् ।

यसैगरी सञ्जालको सदस्यमा रमेश केसी, सुनिल सुवेदी, विष्णुमाया गिरी, लक्ष्मी सुवेदी, विशाल तिमिल्सिना र विक्रम अधिकारी चयन भएका छन् । समाजसेवी विष्णु तिमिल्सिना संयोजक र निवर्तमान संयोजक चन्द्रेश्वर वस्ताकोटी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित संयोजक सुवेदीले जनस्तरमा प्रभाव पार्ने खालका कामहरू गर्दै अघि बढ्ने बताए । उनले कास्कीकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।

नवनिर्वाचितहरूलाई शुभकामना व्यक्त गर्दै वडाध्यक्ष ओमप्रसाद सुवेदीले सञ्जालसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।