बुटवल तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै रहेको हेडबक्समा झरेको पहिरोले मोटरसाइकल तिनाउ खोलामा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
लु ५० प ४६७१ मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले जानकारी दिए ।
पहिरोले उछिट्याएर मोटरसाइकल तिनाउ खोलामा झरेको थियो । घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र पहिरोले बाटो समेत अवरूद्ध भएको कारण करिब २ घण्टा लगाएर सो स्थानबाट चालकलाई निकालिएको उनले बताएका छन् ।






