लायन्स क्लब अफ अर्पण, आदर्श सेञ्चुरी र आदर्श स्माइलले संयुक्तरुपमा वृक्षारोपण एवं सरसफाई कार्यक्रम आयोजना गर्यो ।
पोखराको लामाचौरस्थित सुरथेश्वर शिवालय मन्दिरको हाताभित्र उक्त कार्यक्रम भएको हो । सुरेश्वरमा अर्पण लाइन्सले यसअघि पनि वृक्षरोपण गर्दे आएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं सुरथेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर केसीले लायन्सले अघि सारेको वृक्षरोपण र सरसफाइ कार्यक्रम महत्वपूर्ण भएको भन्दै कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए । उनले वृक्षरोपण गर्ने मात्र होइन विरुवाको स्याहार र हेरचाह पनि गर्न आग्रह गरे ।
उक्त अवसरमा पिआरओ नवीन भण्डारी, रिजन चेयर पर्सन सुरेन्द्र मानसिंह भण्डारी, जोन चेयरपर्सन अमृत शोभा खत्री लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ आदर्श सेञ्चुरीकी अध्यक्ष झना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अर्पण लायन्सकी अध्यक्ष हीरा भण्डारीले स्वागत, आदर्श सेञ्चुरीका सचिव विना धितालले सञ्चालन र आदर्श स्माइलका सचिव गौरव बानियाँले ध्वजाको अभिवादान गरेको आदर्श स्माइल लायन्सका अध्यक्ष पदमपाणि देवकोटाले नेपालदूतलाई जानकारी दिए ।





