प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता एनएबिएच प्राप्त नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाइकलको चेनले चुडिएका औंला जोडिएका छन् । करिब ९ घण्टा लामो शल्यक्रिया गरी बालकको चोरी र साइली औंला जोडिएको अस्पतालका प्लास्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए ।
बालकको चोरी औला सतहबाट चुडिएको थियो भने माझी अर्थात् साइली औंला बीचबाट चुडिएका थिए । दुवै औंलामा रक्तसञ्चार रोकिइसकेको थियो । दुर्घटना भएको ५ घण्टाभित्र शल्यक्रिया सुरु गरिएको थियो ।
२२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेकाले माइक्रोस्कोपबाट हेरेर नै शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ । काटिएकोभन्दा पनि पेलिएको घाउ भएकाले रिप्लान्टेसन कठिन थियो । उपचारमा संलग्न चिकित्सकमा प्लास्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिस्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ थिए ।
यस किसिमका शल्यक्रिया गर्दा साधारणतया ६ देखि १० घण्टासम्म लाग्छ । नेपाल मेडिसिटीमा यसअघि बुढी औंला जोडिएको, आंलाको टुप्पो जोडिएको तथा चुडिएको हात नै जोडिएको छ । यसरी जोडिएका बिरामीहरुको औंला सामान्य भइसकेका छन् ।
के गरियो औंलामा ?
१ं. सर्वप्रथम चोरी औंलालाई काटियो र रिप्लान्टेसन सुुरु गरियो ।
२. त्यसपश्चात औंलाको नसा (फ्लेक्जोर टेन्डोन)सँग मात्र जोडिएको साइली औंलामा रक्तसञ्चार सुुरु गरियो ।
३. माझी औंलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औंलाको भने उपचार हुन सकेन ।
औंला काटिए वा चुडिए के गर्ने ?
१. औंलाको प्रत्यारोपण दुर्घटना भएको ६ घण्टाभन्दा पछाडि पनि सम्भव छ तर त्यसका लागि चुडिएको औंला चिसोमा राखिएको हुनुपर्छ ।
२. टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक हुन्छ ।
३. यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्नुपर्छ ।




