फेवा सहकारीको अभिमुखीकरण

पोखराको सृजनाचोकस्थित फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई सक्रिय बनाउने सहकारी शिक्षा प्रदान गरेको छ ।

याङ्जाकोट तमू समाज पोखरा–१२ का अध्यक्ष सु. चन्द्रबहादुर गुरुङ्ग र फेवा सहकारीका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङ्गले कार्यक्रमको उद्घाटन गरे ।

उक्त अवसरमा प्रमुख अतिथि गुरुङ्गले सहकारीले गरेका कार्यहरूको पुष्टि गर्दै शेयर सदस्य र सहकारीका कर्मचारी अफिसियल सबैले अनुशासित भएर सहकारी अभियानमा लाग्नुपर्ने बताए ।

करिब १ सय जना शेयर सदस्य सहभागी भएको कार्यक्रममा फेवा सहकारीका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले सहकारी संस्थाको हलको अबस्था ऋृण लगानी अशुली र निर्माणधीन भवनको अवस्थाबारे जानकारी दिए ।

कार्यक्रमका मुख्य प्रशिक्षक दिलबहादुर भट्टराई ले सहकारी शिक्षा सहकारी कसरी चल्छ र सहकारीको स्टक्चरका बारेमा प्रशिक्षण दिएका थिए ।

संस्थाका प्रवन्ध निर्देशक हरिभक्त पौडेलले सहकारीका नीति नियमका विषयमा जानकारी दिए भने सहायक ब्यबस्थापक जगन तिमिल्सिनाले सहकारीका आयब्यय प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा लेखा समिति सदस्य सरस्वती देवकोटाले सहकारी सिद्धान्त वाचन, संयोजक शेरकाजी गुरुङ्गले स्वागत र शिक्षा समितिका सदस्य तिलु गुरुङ्गले संचालन गरेकी थिइन् ।