दुनियामा बिभिन्न अनौठा खालको मन्दिरहरु भएको तपाईहरुले सुन्नु अनि देख्नु पनि भएकै होला । जुन मन्दिर देशमा मात्रै नभएर विश्वमा नै चर्चित रहेका हुन्छन् । र तिनिहरुको पौराणिक मान्यताहरु पनि फरक अनि अनौठो रहेका हुन्छन् ।
आज हामी तपाईहरुलाई यस्तै अनौठो खालको मन्दिरको बारेमा जानकारी दिन गईरहेका छौं । जो आफैमा एकदमै अनौठो छ । हाम्रै छिमेकी देश भारतमा यस्तो एउटा मन्दिर छ । जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ । भारतको हिमाचल प्रदेशमा रहेको उक्त मन्दिरमा १२ वर्षमा चट्याङ पर्छ जसका कारण त्याँहा रहेका शिवलिङ्ग टुक्रिन्छ ।झन् अनौठो त के छ भने चट्याङले मन्दिरमा अन्य कुनै क्षति हुँदैन ।
चट्याङले टुक्रियका शिवलिङ्गलाई पुजारीहरुले जोड्छन् । शिवजीले पीडाबाट राहत पाउन सकुन् भनि शिवलिङ्गमा घिउको लेप लगाउछन्। त्यसैले यो मन्दिरलाई स्थानीयले मख्खन महादेव पनि भन्दछन् ।हरेक १२ वर्षमा भगवान इन्द्रले शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्ने गरेको भन्ने पौराणिक मान्यता छ । त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेका पौराणिक मान्यता छ, जसको शिवले वध गरेका थिए ।




