अर्घाखाँचीका एक जोडीले सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि विहे गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि जिल्ला अदालतमा गएर फेरि कोट म्यारिज गरेका हुन् ।
छत्रदेव गाउँपालिका १ का लीलामनी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए। कुरा मिलेपछि सम्बन्धविच्छेद गरेका उनीहरुलाई अदालतमा पुनर्मिलन गराएको हो।
उनीहरुका ६ वर्षे छोरा छन्। बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन् ।





