नजानु थ्यो गइ गयौ धन लिएर आऊ
देशमै बसी काम गर्ने मन लिएर आऊ
मनमा जोश हातमा सीप हिम्मत बटुलेर
गरिबीलाई किच्याउने घन लिएर आऊ
युवाहरू उतै बस्ने रहर बुन्छन् अचेल
स्वदेशमै बाँच्ने सार्थक जीवन लिएर आऊ
ज्ञान सीप अनुभव धेरै बटुलेर
कर्मठ बनी जीउँने जाँगर झन लिएर आऊ
रोबर्ट भयो मेसिन भयो यो आजको मान्छे
आऊ नेपालीको आफ्नै पन लिएर आऊ




