युजीएसएमा प्रदीपको नेतृत्व

भुटानबाट अमेरिकामा गई स्थायी रुपले उतै बसोबास गरिरहेका गुरुङहरुको साझा संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(युजीएसए)को दोस्रो राष्ट्रिय महाधिवेशनले प्रदीप गुरुङको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा एनबी गुरुङ, एक्जुकेटिभ डिरेक्टरमा कर्ण गुरुङ, स्पोक पर्सनमा टेक गुरुङ र सदस्यमा कर्ण गुरुङ(एटलान्टा जोर्जीया) राजेन्द्र गुरुङ, पदम गुरुङ, गोपाल गुरुङ, सुचिता गुरुङ, लाल गुरुङ, अर्जुन गुरुङ, भीम गुरुङ, देवीका गुरुङ, अमृता गुरुङ र अगोम गुरुङ छन् ।

जुलाई ५ र ६ तारिखमा अमेरिकाका विभिन्न राज्यका संघ संस्थाका व्यक्तिको उपस्थितिमा भएको दुईदिने कार्यक्रमको पहिलो दिन अमेरिकाको राष्ट्रिय गीत र गुरुङ ह्युल्सा गीतसँगै सुरु भएको थियो । सस्कृतिक र सांगीतिक कार्यक्रमसँगै संस्थाको २ वर्षको प्रतिवेदन र संस्थाको आयव्यय प्रस्तुत गरिएको भयो । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

दोस्रो दिन संस्थाका केन्द्रीय सदस्यको चुनावसँगै रोधीं नृत्य प्रतियोगिता विजयीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बुद्वि गुरुङ प्रथम, पुष्पान्जली गुरुङ द्वितीय र जेनिशा गुरुङ तृतीय भए । । कार्यक्रम आयोजना संयुक्त गुरुङ समाज अमेरिका र गुरुङ कम्युनिटी अफ क्यारोलिनाले गरेका हुन् ।