कतारको दोहाबाट आएका एक यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ । विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ ।
चेकजाँच कक्षमा हिमालयन एयरलाइन्सबाट आएका लीलाबहादुर बस्नेतले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो । प्रहरीका अनुसार तीन वर्ष कतारमा बसेर फर्केका बस्नेतले ल्याएका डाइपरमा सुन भेटिएको हो ।






