प्रधानमन्त्रीको बिरोध गर्नेलाई “छौँडा”

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहाकार बिष्णु रिमाल पनि कहिले काही आफनो अभिव्यक्तिको कारण आलोचना र बिवादमा आउँने गर्छन् । सामाजिक सञ्जालमाफर्त बिवादित अभिव्यक्ति दिएको कारण नै उनी प्राय बिवादमा आउँछन् । फेरी एक पटक उनी आलोचनामा आएका छन् ।

पछिल्लो समय सरकारले १ अर्ब खर्च गरेर आइफा अवार्ड गर्ने र भारतीय दबाबका कारण भन्सारमा विषादी परीक्षण रोकेको भन्दै सरकारको यतिबेला तिव्र आलोचना भईरहेको छ । सरकारको आलोचना भएकै कारण प्रधानमन्त्तीका सल्लाहाकार रिमालले सरकारको बिरोध र आलोचना गर्नेहरुलाई छौँडा भनेपछि उनी आलोचनामा आएका हुन्। उनले ट्वीटरमा लेखेका छन् :-

“भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्, 
दुस्ख दिन्छन् १
यी छौंडाहरू 
आफैं चलमलाएका हुन् की
कसैले छोडेका ?”

उनले छौँडा भन्दै निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै रिमालको आलोचना भईरहेको हो । रिमालको ट्वीटर स्क्रिन सट यतिबेला सामाजिक सञ्जाल भरी भाईरल बनिरहेका छन् । कतिले प्रधानमन्त्री गलत नभई उनको सल्लाहाकार र आसेपासेहरु गलत रहेको र उनीहरुलाई साथ लिएर हिड्नु चाही प्रधानमन्त्रीको गल्ती रहेको भन्दै टिप्पणी गरिरहेका छन् । कतिले शब्द चयनको कारण नै सल्लाहकारको स्तर देखिएको भन्दै खिल्ली उडाईरहेका छन् । उनले प्रधानमन्त्री र सरकारको समर्थन गर्नेक्रममा रिमालले निम्नस्तरका भाषा प्रयो गर्दै आईरहेका छन् । यो घटना पहिलो भने होईन् ।

यता प्रधानमन्त्रीले पनि केही बर्षँ अगाडी छौँडा शब्दको प्रयोग गरेका थिए । उनले तीन बर्ष अघि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै छौँडा शब्द प्रयोग गरेका थिए । उनले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डप्रति इंगित गर्दै भारतको दबाबमा सरकारको बिरोध गर्न छौँडाहरु प्रयोग भएको बताएका थिए । उनले छिमेकीले रातदिन छौँडा खेलाएर दुख दिनु गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए । यही मेसोमा प्रधानमन्त्रीका सल्लाहकार रिमालले पनि छौँडा शब्द प्रयोग गर्दा प्रधानमन्त्रीले यस्तो बोल्न सिकाएको अनि रिमालले सिकेको भन्ने पनि प्रतिक्रियाहरु आईरहेका छन् ।