आज पनि देशैभर मौसम बदली भएको र मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ भने बाँकी भूभागमा हल्का पानी पर्ने सम्भावना छ।
मौसमविद्का अनुसार भारतमा रहेको वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) नेपालतर्फ नजिकिँदै गरेकाले वर्षा हुने क्रम बढेको हो।‘न्यून चापीय रेखा भारतको झारखण्ड, आन्ध्र प्रदेशसम्म आइपुगेको छ र त्यो नेपालतर्फ नजिकिँदै छ ,त्यही भएर नेपालमा वर्षा हुने क्रम बढ्दै छ। मौसमविद्का अनुसार मध्य नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्छ।




