बुढीगंगा गाउँपालिकाकाे टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको छ । बिद्यार्थी लिन जाने क्रममा को १ ख १९८२ नम्बरको बस अनियन्त्रित भइ नहरमा पल्टिएकाे हो ।
बुढीगंगा गाउँपालिकाको ३ गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी तथा २ जना शिक्षक गम्भीर घाईते भएको छ । घाईते सबै लइ विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।






