पोखरा ३० को खेतमा भेटियो शिशुको शव

पोखरा महानगर ३० पीपलटारीको खेतमा नवजात शिशुको शव भेटिएको छ ।
कुलाछेउ खेतमा पेटभन्दा मुनि र दाहिने हातको केही जनावरले खाएको जस्तो अवस्थामा शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।