काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो ।
भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए ।
उनका अनुसार भूकम्पको धक्का उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। उनले भने, ‘सुरुमा सल्लाघारी देखिएको थियो । सुक्ष्म विश्लेषण गर्दा भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर भूकम्प गएको देखियो ।’




