पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुङले दलित समुदायप्रतिको दृष्टिकोण र सोचमा अझै परिर्वत हुन नसकेको बताएकी छन् ।
पोखरा महानगरपालिका १२ ले आयोजना गरेको दलित महिलालाई आधारभूत ३० दिने सिलाई कटिङ तालिम शुक्रबार समापन गर्दै उपप्रमुख गुरुङले दलितमाथि अझै विभेद कायमै रहेको बताइन् । दलितमा पनि महिला थप पीडित भएको उनको भनाइ छ ।
उपप्रमुख गुरुङले आर्थिक रुपमा सबल र सक्षम हुन नसक्दा समाजमा पछाडि परेको बताउँदै सीप सिकेर आत्मनिर्भर बन्न सुझाइन् । उनले महानगरपालिकाले महिलाको आर्थिक अवस्थामाथि उठाउन र उद्यमी बनाउने उद्देश्यले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन् । ‘सीप सिकेर चुप लागेर बस्ने हैन । आर्यआर्जन गदै सक्षम र सवल बन्नुपर्छ,’ उनले भनिन् ।
वडाध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णुदेवी सुनार, प्रशिक्षक सीता दर्जी, प्रशिक्षार्थीको तफबाट झरना नेपाली लगायतले बोलेका थिए । ३० दिनसम्म चलेको तालिममा उत्कृष्ट परिक्षार्थी बन्दै सीता सुनारले सित्तैमा सिलाइ मेसिन पाइन् ।
वडा नम्बर १२ मै मानवअधिकारका लागि एकल महिला समूहले प्लास्टिकको वैकल्पिक झोला, एप्रोन, पट होल्डर सिलाइकटाइ तालिम आयोजना गरेको छ । पोखरा महानगरपालिकाको सहयोगमा समूहले आयोजना गरेको २५ दिने तालिम पनि उपप्रमुख गुरुङले समापन गरिन् ।





