गण्डकी प्रदेशको बजेट शुक्रबार पारित भएको छ । बजेट पारित भएपछि सांसद साउन ५ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।
पारित बजेटमा सांसदलेस्वकीय सचिव राख्न पाउने व्यवस्था भएको छ । साउन १ गतेदेखि सांसदले
नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था भएको छ । चाडै मन्त्रिपरिषदको बैठकले ऐन संशोधन गरेर सांसदको स्वकीय सचिवसम्बन्धी व्यवस्था गर्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । उनीहरुले २८ हजार २० रुपैयाँ तलब पाउने छन् ।
सरकारले सांसदले पनि स्वकीय सचिव राख्न पाउने गरी बजेट व्यवस्था गरेपछि सांसदहरु खुसी भएका छन् । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । १ प्रदेशसभा सदस्यको निधन भएपछि अहिले ५९ सदस्य छन् ।




