शुक्रबार नेपाल कम्युनिस्ट पार्टीले समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला लगायतलाई स्वागत गर्यो।
पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएपछि अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरे। उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरे।
‘बाबुरामजीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन। कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको वौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो’ उनले भने।
तर, बाबुरामले भने प्रचण्डको उक्त भनाइको जवाफ ट्विटरमार्फत फर्काएका छन्। उनले लेखेका छन् ‘कमरेड दीपक मनांगे जस्ता “ वौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू वौद्धिकहरू पनि आवस्यक पर्छ र ? ‘ नेकपाले हिजो बिहीबारमात्रै दीपक मनाङेलाई पार्टी प्रवेश गराएको थियो।




