गीत – शिव पलाँस

धेरै पछि आज राति साह्रै मज्जा भयो
पिउँदा ,पिउँदै मेरो सिङ्गै रात ढलि गयो ।

जति चुम्यो उति मिठो गिलासको ओठ
पिए पछि दुख्न छोड्यो हृदयको चोट
नशा मात्रै कहाँ हो र धुवाँ पनि पिएँ
एकै रातलाई भएपनि मस्तिसँग जिएँ ।

मात्तिएर न कसैलाई अपवित्र बोलेँ
मै हुँ भन्दै न त आफ्नै आङको बस्त्र खोलेँ
रात ढल्दा सम्म पनि ज्यान त ठाडै थियो
अझै पिउँने तिर्खा थियो उज्यालो भईदियो ।