प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धुलिखेल-२ मा सडक

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत धुलिखेल वडा नंबर २ को रबिमा छनोटमा परेका युवाले नमुना काम गरेका छन् । नगरपालिकाले आह्वान गरेको सूचना अनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालय मार्फत आफ्नै गाउँको सडकमा नमुना ग्राभेल गरेका हुन् ।

उनीहरूले बनेपा देखि पाचखाल जोड्ने सडकखण्डको डुढामुख क्षेत्रमा लगभग ३ कि.मी सडकमा व्यवस्थित ग्राभेल गरेका छन् । वडा कार्यालयले जारी गरेको सूचनाअनुसार धुलिखेल वडा नंबर २ मा ९० जना युवाले रोजगार पाउँ भनी आवेदन दिएका थिए ।

३० जना महिला र ६० जना पुरुषले दिएको आवेदनमध्ये ६० जनाले पूर्वाधार विकासको काम गर्ने इच्छा जाहेर गरेका थिए भने बाँकीले कृषि र जीविकोपार्जन रोजेका थिए । धुलिखेल नगरपालिका वडा नंबर २ का क.बा वडाध्यक्ष अर्जुन न्यौपाने ले पूर्वाधार विकासको शीर्षक रोजेका युवालाई वडा कै सडक ग्राभेल गर्न लगाइएको बताए । उनका अनुसार वडाको सबै सडक ग्राभेल गर्ने कामलाई अघि बढाउने जानकारी गराएसँगै उनीहरूलाई उक्त काम लगाइएको हो । अध्यक्ष न्यौपानेले बाँकी आवेदकलाई अन्य कार्यक्रममार्फत सम्बोधन गरिने बताए ।

अरनीको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको बनेपा-पाचखाल सडकलाइ प्रदेश सरकारको ५० लाख सहयोगमा चालू आर्थिक वर्षमा फराकिलोका साथै पक्कि ढलकुलेशा,सडक फराकिलो बनाउने काम सकिएता पनि, ग्राभेल फिजाउनेका बाकि भएकाले उक्त काम सोही ठाउँमा वडा कार्यालयले छनोटमा परेका युवालाई ग्राभेलको जिम्मेवारी दिएको थियो ।

युवाहरुले आफ्नो गाउँ बनाउन भन्ने सोचका साथ उत्साहजनक तरिकाले काम गरिरहेका थिए ,गाउँ पनि बिकास हुने युवा रोजगार पनि पाउने भएपछि नमुना ढंगले काम गरिएको सुनाए ।